
२३ बैशाख २०७६, इटहरी
सुनसरीको रामधुनी नगरपालिकामा ७ दिने व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । वडा नं ६ का रहेका पिछडिएका वर्गका महिलालाई लक्षित गरी नेप्ली मिडिया प्रा लिले कार्यक्रमको आयोजना गरेको हो ।
स्थानीय स्तरका महिलाको व्यक्तित्व विकास गरी समाजमा भएका कुनै पनि समस्या समाधानको पहल गराउने र उपयुक्त स्थानसम्म त्यसको समाधानको खोजी गराउन सक्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सञ्चालक सुमन भट्टराईले बताए ।
तालीममा सहभागी महीलाले स्थानीय सरकार आएपछि धेरै कार्यक्रम आएका तर कार्यक्रमको वारेमा थाहा नपाउँदा आफूहरूलाई समस्या भएको भन्दै वडा कार्यालयमा गुनासो गरेका थिए । जसअनुसार वडा नं ६ को आर्थिक सहयोग र नेपाल पिछडीएका वर्गको सहकार्यमा आयोजित कार्यक्रममा २० देखी ५५ वर्ष उमेर समूहका ३० जना महिलाको सहभागिता रहेको छ ।
समाजमा महिला हिंसा बढ्दै गएको र त्यसको विरुद्धमा महिलाहरूको भुमिकानै महत्त्वपूर्ण रहने वडा कार्यालयले जनाएको छ । महिलाहरू पहिलो पटक यस्तो तालीम लिँदा भविष्यमा थप सहज हुने वताउँछन ।





