शिक्षा क्षेत्रका एक चम्किलो तारा दुर्गानाथ सिवाकोटी



२३ बैशाख २०७६, काठमाडौं

सफल शिक्षासेवी दुर्गानाथ सिवाकोटी शिक्षा क्षेत्रका एक चम्किलो तारा हुन् जो आज जोरपाटी क्षेत्रमा हजारौं विद्यार्थीको उज्यालो भबिष्य निर्माण गर्दै चम्किरहेका छन् ।

उनको लगनशिलता र मिहिनेत हेर्दा यस्तो लाग्छ कि असम्भव भन्ने कुरा दुनियाँमा केही छैन् । बिद्यार्थीको क्षमता बिस्तारका लागि हरेक समय सोचिरहने उनको मुख्य ध्येय नै बिद्यार्थीलाई कसरी बहुआयामिक बनाउन सकिन्छ भन्ने हुन्छ । उनी शिक्षक मात्र हैनन् धेरै बिद्यार्थीका अभिभावक पनि हुन् एउटा अभिभावकले गर्ने कर्तब्य पनि उनले निभाईरहेका हुन्छन् । फराकिलो मन भएका दीर्घकालिन सोच र बिचार भएका उनी मिजासिला स्वभावका छन् जसले सवैको मन र बिश्वास जितेको छ ।

बाल्यकाल
मोरङ जिल्लाको सिजुवामा नरप्रसाद सिवाकोटी खिममाया सिवाकोटीको कोखबाट  २०२८ सालमा उनको जन्म भएको थियो । उनको परिवारको व्यवसायीकताको कारणले सिवाकोटीले बाल्यकालमा आफू जन्मेको स्थानमा हुर्कन पाएन । उनले मोरङ, पाँचथर झापाको दमक लगायतका स्थानमा आफ्नो बालापन बिताए । उनको माता पिता जहाँ जान्थे उनलाई संगै लिएर जान्थे तर पनि उनको बाल्यकाल सुखद तरिकाले नै बितेको थियो ।

पाँच जना दाजुभाई मध्ये उनी कान्छो सदस्यको रुपमा जन्मिएका हुन् ।

अध्ययन
बाल्यकालमा उनले झापा जिल्लाको दमक बाह्रगरे स्थित सिंह देवी माविबाट सुरु भएको हो । झापा शिवगन्ज स्थित जन आदर्श मा.वि बाट एसएलसी पास गरेका थिए । आईए सम्मको अध्ययन दमक बहुमुखी क्याम्पसमा गरेका उनी २०५० सालमा काठमाडौं आए । शिक्षालाई माया गर्ने अध्ययनशील शिवाकोटी थप अध्ययनका लागि प्रदर्शनी मार्ग स्थित आरआर क्याम्पसमा भर्ना भए जहाँ उनले  अङ्ग्रेजीमा स्नातक र स्नातकोत्तरसम्म अध्ययन गरे ।

शैक्षिक यात्रा
बास्तवमा मान्छे जे काम गर्न मन पराउँछ त्यहाँ उसको प्रगति निश्चय नै सफल हुन्छ । जागिर गर्ने शिलसिलामा २०५० सालमा शिक्षण गर्न थालेका उनी शिक्षणमा नै रमाउन थाले । उनको शैक्षिक यात्राले आज बृहत रुप निर्माण गरेको छ आफ्नै लगानीमा संचालित सर्वनाम शिक्षालयका प्रिन्सिपलको रुपमा कार्यरत  छन् । शुरुमा उनले विट्स स्कूल साथीहरुसँग मिलेर खोलेका थिए तर त्यहाँ उनी लामो समय सम्म रहेनन्  । २०५९/६० सालतिर आरुबारीमा रहेको चिल्ड्रेन लिवर्टी स्कूललाई सारेर जोरपाटीमा लगिएको थियो । जुन आजको शर्वनाम  शिक्षालयको नामबाट भव्य रुपमा संचालन भईरहेको छ । अव उक्त विद्यालयले प्लस टु संचालन गर्दैछ । शिक्षण सिकाईका क्रममा उनले धेरै मिहिनेत गरेको बताउँदै भन्छन् जति धेरै मिहिनेत गर्यो त्यति नै सफलता पनि हासिल हुन्छ  । वास्तवमा मिहिनेत गरेर आज प्लस टु संचालन गर्ने अवस्थासम्म आइपुग्नु उनको जीवनको ठूलो उपलब्धि हो ।

उनले पढाएका धेरै विद्यार्थीे आज बिश्व बजारका बिभिन्न मुलुकमा पुगेर आफ्नो सेवा दिईरहेका छन् ।  जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेको नै उनको लागि आफूले पढाएका विद्यार्थीको प्रगति र उन्नति नै हो जुन विद्यार्थीले प्रगति गर्छ एउटा शिक्षकको लागि वास्तबमा त्यो नै ठूलो उपलब्धि हो र उनका लागि पनि यस्तै कुराहरुले स्थान दिन्छ ।

प्रतिक्रिया दिनुहोस्