उपेन्द्रले बुझाए पार्टीको बागडोर बाबुरामलाई : २३ पदाधिकारी सार्वजनिक दुई पछि थपिने



२३ बैशाख २०७६, काठमाडाैं

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता सम्पन्न भएको छ ।

सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले फोरम र नयाँ शक्ति दुबै विघटन गर्ने सहमतिमा हस्ताक्षर गरे । यादवले भट्टराईलाई संघीय परिषदको अध्यक्ष घोषणा गरे भने भट्टराईले यादवलाई केन्द्रीय समितिको अध्यक्ष घोषणाा गरे । बरिष्ठ नेताका रुपमा अशोक कुमार राई चयन भएका छन भने, पार्टी सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् ।  कार्यक्रममा २३ पदाधिकारी सार्वजनिक गरिएको छ भने दुई पदाधिकारी पछि थपिने परिषदका अध्यक्ष भट्टराईले जानकारी दिए ।

यस्तै, उपाध्यक्षहरुमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् । महासचिवहरुमा, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् । उपमहासचिवहरुमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् भने सचिवहरुमा मोहम्मद इस्तियाक राई, दुर्गा सोङ, पर्शुराम बस्नेत, प्रशान्त सिंह चयन भएका छन् । पार्टी कोषाध्यक्षमा विजयकुमार यादव चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्