लागुऔषध बोकेको भारतीय गाडीसहित एक जना पक्राउ



२३ बैशाख २०७६, काठमाडौं

प्रहरीले लागुऔषध बोकेको भारतीय गाडीसहित एक जनालाई धादिङबाट पक्रेको छ ।

इलाका कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले ४७ किलोग्राम चरेश र ९ सय ७८ ग्राम अफिमसहित जयपृथ्वी – ८ बझाङका  काल्चे बोहरालाई  पक्रेको हो  ।

उनीसहितको समूहले अफिम र चरेशको कारोबार गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्रेको हो ।

भारततर्फ लागुऔषध बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा डिएल ३ सिएडी ७०८१ नम्बरको भारतीय गाडीसहित गएराति धादिङको गजुरी गाँउपालिका–१ सोतीखोला बाट प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको हो

प्रहरीले बोहराको साथबाट १ थान निलो रङको सामसुङ मोवाइल र सिमकार्ड पनि बरामद गरेको छ ।
पक्राउ  परेका बोहरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्