क्रिश्चियनको झुटा प्रचारमा प्रदेश सांसद कार्की प्रमुख अतिथि किन ?



२२ बैशाख २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी राई र वडाध्यक्ष १० का नवराज भट्टराई, ११ का राजु अधिकारी, र १२ का शम्भु भट्टराई समेतले बहिष्कार गरेको क्रिश्चियन धर्म प्रचारको कार्यक्रममा प्रदेश सांसद कुसुम कुमार कार्की प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

वडा सदस्य भगवती निरौलाले झुटा गवाहीको प्रचार गर्दै गरेको भिडियो :

बूढानीलकण्ठ ११ की निर्वाचित वडा सदस्य तथा नगर न्यायिक समिति सदस्य समेत रहेकी भगवती निरौला समेत विशिष्ट अतिथिको रुपमा सहभागी भई विवादित भजन मण्डल सच्चाई केन्द्रको गुनगान गाउनुका साथै नाँचगानमा समेत सहभागी भएकी थिईन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कुसुम कार्कीले आफू राजनीतिक व्यक्ति भएकोले धर्म भन्दा राजनीति बारे बढी जानकार भएको भन्दै धर्म प्रचार बारे बोलेनन् । तर गवाहीको नाममा क्यान्सर, पायल्स, ब्लड क्यान्सर, सुगर प्रेसर जस्ता प्राणघातक रोगहरुको निदान परमेश्वरको नामले मात्र हुने भनी धर्म रुपान्तरण गर्ने उद्देश्यले बोलेका झुटा प्रचारको समेत खण्डन गरेनन् ।

विभिन्न जिल्लाबाट सहभागी झुटा प्रचारकहरुको घण्टौं प्रचार सुनेका सांसद कार्की र सदस्य निरौलाले दोसल्ला ओढाई गरेको सम्मान र मायाको चिनो समेत सहजतापूर्वक स्वीकार गर्नूलाई स्थानीयले अनौठो मानेका थिए ।

गोप्य स्रोतबाट प्राप्त जानकारी अनुसार सांसद कार्कीले कार्यक्रमबारे निर्वाचित जनप्रतिनिधिहरुलाई सोध्न उचित ठानेनन् । उनकै विशेष सहयोगीले जनप्रतिनिधिहरुले बहिष्कार गरेको कार्यक्रममा सहभागी नहुन अनुरोध गर्दा समेत उनले वेवास्ता गरेका थिए ।

स्थानीय जनप्रतिनिधि निरौला सच्चाईकै प्रचारमा व्यस्त जस्तै देखिन्थिन् भने सांसद कार्की झुटा प्रचारको तालीले समर्थन गरिरहेका देखिन्थे । त्यतिमात्र होईन शुभकार्यमा मात्र प्रयोग हुने दुबोको माला लगाई प्रायोजित व्यक्तिले दिएका झुटा गवाहीहरुलाई मुकदर्शक बनेर सुनिरहे ।

मर्क्सकै विचार मान्ने तत्कालिन एमालेबाट निर्वाचित सांसद कार्की मार्क्सले क्रिश्चियन धर्मलाई केन्द्रित गरीे भनेको ‘धर्म अफिम हो’ भन्ने भनाईको वेवास्ता अफिमको नशामा लठ्ठिएझैं भएका देखिन्थे ।

आश्चर्य त के हो भने बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा मुद्दा खेपिरहेको ‘ईश्वरीय भजन मण्डली सच्चाई केन्द्र नेपाल’ कपन शाखा विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तनमा लागेको भनी थाहा पाउँदा पाउँदै प्रमुख अतिथि र विशिष्ट अतिथि बन्न पुगेका सांसद कार्की र सदस्य निरौला नै शंकाको घेरामा परेका छन् ।

सच्चाई केन्द्र के हो ?
|पोखरामा केन्द्रीय कार्यालय रहेको ’ईश्वरीय भजन मण्डली सच्चाई केन्द्र नेपाल’ ले बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा समेत कार्यालय संचालन गरेको लामो समय भएको छ ।

पोखरामा सच्चाईको मुख्य संचालकको रुपमा दिप प्रकाश, शुसिला कट्टेल र विज्जु सेठ भनिने विजय सेठ गैरे हुन्।  बिजय सेठ गैरेको सामाजिक संजालको प्रोफाईल हेर्दा उनी भारतीय नागरिक हुन भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

कपन शाखाको मुख्य संचालक कपन मै बसोबास गर्ने सन्तोषी भट्टराई हुन् । उनी आफूलाई बीर अस्पतालले ६ महिनाभित्र मर्छेस भनेको व्यक्ति अहिले परमेश्वर पिताको आर्शिर्वादले जीवित भएको गुहाई सधैँभरी सुनाउने गर्छिन् ।

सिन्दुर पोते, टिका तथा माला लगाउने र अन्य धर्ममा समेत आस्था राख्ने मान्छेहरुले समेत जोडिन सक्ने थलोको रुपमा सच्चाई केन्द्रलाई परिभाषित गरिएको छ । तर यसमा खुलेरै येशू, परमपिता परमेश्वर र आमिन आदि शब्दको प्रयोग गरिन्छ ।

बूनपा ११ कपनटार स्थित अस्थायी भवनमा संचालनमा रहेको सच्चाई केन्द्रबाट हप्तामा ३ दिन विशेषगरी रोगबाट पिडित भएका अधिकांश महिलाहरु र अन्य क्षेत्रबाट आएका व्यक्तिहरुले मलाई यस्तो रोग थियो सन्चो भयो भन्दै सहभागीलाई भ्रममा पार्ने काम गर्नुका साथै भजन किर्तन र नृत्यमा समेत सहभागी गराई स्वेच्छिक चन्दा समेत संकलन गर्ने गर्दछन् ।

अचम्मको विषयत के देखिन्छ भने स्थानीय सरकार, स्थानीय प्रशासन, राजनीतिक पार्टी, सामाजिक संघसंस्थाहरु यस्ता गतिविधिबारे जानकार हुँदाहुँदै पनि सत्य तथ्य पत्ता लगाउन तयार भएका देखिदैनन् ।

यो पनि पढ्नुहोस्

अनुमति बिना काठमाडौं कपनमा क्रिश्चियनको झुटा प्रचार : स्थानीय सरकार मुकदर्शक

प्रतिक्रिया दिनुहोस्