२३ गतेको बन्द आफुहरुले नगरेको विप्लवको दावी



२२ बैशाख २०७६, काठमाडौं

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीले २३ गते बन्दको आह्वान नगरेको बताएका छन् ।

विप्लव नेकपाको आधिकारिक मुख पत्र ईरातोखबरका अनुसार नेपाल कम्युनिष्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु अगाडि बढिरहेको हुनाले अहिले पार्टीले बन्दको कुनै पनि कार्यक्रम नरहेको स्पष्ट पारेको जनाएको छ ।

बैशाख २३ गते नेपाल बन्दको समाचारहरु व्यापक रूपमा सामाजिक सञ्जालहरूमा आइरहेको हुनाले सबैतिरबाट नेपाल कम्युनिष्ट पार्टीले बन्द गरेको हो कि भन्ने भ्रम परेको हुनाले नेकपाले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको केन्द्रीय कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्