‘प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता’ १ जेष्ठबाट



२२ बैशाख २०७६, काठमाडौं

‘प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता’को तेस्रो संस्करण आगामी १ जेष्ठबाट सुरु हुने भएको छ ।

१४ जेष्ठसम्म चल्ने प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशसहित १० टोलीले सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइने छ । दुबै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ ।

नेपालयसँगको सहकार्यमा सञ्चालन हुने प्रतियोगिताको लागत १ करोड ७५ लाख हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्