
२२ बैशाख २०७६, काठमाडौं
ला लिगा फुटबलमा क्लब बार्सिलोना पराजित भएको छ ।
गएराती भएको खेलमा बार्सिलोना सेल्टा भिगोको घरेलु मैदानमा २–० गोल अन्तरले पराजित भएको हो ।
पाहुना टोलीलाई पराजित गर्न म्याक्सी गोमेज र इगो एस्पासले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी भएपनि खेलको दोस्रो हाफमा बार्सिलोना स्तब्ध भएको हो ।
यो हारसँगैं बार्सिलोनाले ३६ खेलबाट ८३ अंक बनाएको छ ।





