
२२ बैशाख २०७६, काठमाडौं
फ्रान्सेली लिग वानमा पिएसजीले क्लब नाईससँग बराबरी खेलेको छ ।
गएराती भएको खेलमा पिएसजीले नाईससँग १–१ को बराबरी खेलेको हो ।
घरेलु मैदानमा खेलका पछि परेको पिएसजीका लागि नेमारले गाले गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।
पहिलो हाफ गोल रहित बराबरीका सकिएको खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गरेका थिए । खेलको ४६ औं मिनेटमा नाईसका एग्राटियस गनागोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, खेलको ६० औं मिनेटमा नेमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई हारबाट जोगाए ।
लिगको च्याम्पियन बनेको पिएसजीले ३५ खेलमा ८५ अंक जोडेको छ ।
त्यस्तै समान खेल खेलेको नाईस ५२ अंक सहित सातौं स्थानमा छ ।





