
२१ बैशाख २०७६, काठमाडौं
प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहितको टोलीले नागर्जुन नगरपालिका वडा न.५ स्थित हरिसिद्वि सल्लाघारी सामुदायिक बनको छलफल तथा निरीक्षण गरेका छन् ।

निरीक्षण टोलीमा सांसद श्रेष्ठसहित प्रदेश सभा सदस्यहरु अष्ट लक्ष्मी शाक्य, केशव पोखरेल, प्रकाश श्रेष्ठ, नागर्जुन नगरपालिका उपमेयर सुशिला अधिकारी, नागर्जुन नगरपालिका वडा न.४ का वडाध्यक्ष करुण कुमार बलामी, नागर्जुन नगरपालिका वडा न.५ का वडाध्यक्ष महेश रिमाल लगायत हरिसिद्वि सल्लाघारी सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

सांसद श्रेष्ठले काठमाडौं महानगरपालिकासँग जोडिएको सामुदायिक बनलाई रमणीय पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि तत्काल गुरुयोजना लागि ससदीय विकास कोषबाट दश लाख ५० हजार विनियोजन गरिसकेको जानकारी दिए ।






