अनुमति बिना काठमाडौं कपनमा क्रिश्चियनको झुटा प्रचार : स्थानीय सरकार मुकदर्शक



२१ बैशाख २०७६, काठमाडौं

सार्वजनिक कार्यक्रम गर्दा जुनसुकै संस्था वा व्यक्ति विशेषले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० आकाशेधारास्थित कपन ह्याण्डबल ग्राउण्डमा क्रिश्चियन धर्मावलम्वीहरुले आयोजना गरेको “दोस्रो राष्ट्रिय महा–सत्संग २०७६” बारे न स्थानीय सरकार, न जिल्ला प्रशासनबाट अनुमति लिन उचित ठाने ।

बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी राई, वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का वडाध्यक्ष शम्भु भट्टराई सवैलाई निम्तो भएपनि आयोजक संस्थाको गलत प्रवृत्ति बुझेर सहभागी नभएको सूचना प्राप्त भएको छ ।

उपप्रमुख रमादेवी राईले परिवर्तन खबरको टेलिफोन संवादमा झुटा प्रवचन र आश्वासन दिएर सोझासाझा नागरिकलाई धर्म परिवर्तन गराएको भन्ने मुद्दा हाल बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा विचाराधिन रहेको जानकारी दिदैं विवादित संस्थाको कार्यक्रममा सहभागी नहुने जानकारी गराईन् ।

कार्यक्रम अनुमतिबारे प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसँग कुरा गर्दा, ‘यसबारे आफू बाहिर भएकाले अनभिज्ञता प्रकट गरे ।’

त्यसैगरी बूनपा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले, वडा कार्यालयमा अनुमति नलिईकन कार्यक्रम संचालन गरेको बताए ।

महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक मिन बहादुर कुँवरले अनुमति बारे आफूलाई जानकारी नभएको तर शान्ति सुरक्षाको लागि आयोजक संस्थाले पत्र पठाएको
बताए ।

प्रतिक्रिया दिनुहोस्