पूर्व–पश्चिम रेलमार्ग निर्माण कार्य आगामी वर्षभित्र सुरु हुन्छः राष्ट्रपति



२० बैशाख २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षभित्र पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम सुरु हुने बताएकी छिन् ।

शुक्रबार सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

पूर्व–पश्चिम रेलमार्गको डीपीआर तयार भईसकेकोले आगामी वर्षभित्र उक्त आयोजना निर्माण सुरु हुने उनले बताईन् ।

उनले कोशी र गण्डकीसम्म जलमार्ग निर्माण गरी पानी जहाज चलाउन प्राविधिक अध्ययन सम्पन्न भएको पनि जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहोस्