
२० बैशाख २०७६, काठमाडौं
पछिल्लो समय चलचित्र क्षेत्रमा नव नायिकाको रुपमा प्रवेश गरेकी सेलीब्रेटी पत्रकार ऋषि धमालाका पत्नी एलिजा गौतमको निकै चर्चा हुने गरेको छ ।

पत्रकार धमलासँग सानै उमेरमा विवाह गरेकी उनको हाल दुई सन्तान रहेको छ । धमालको प्रभावले मिडिया तथा सामाजिक संजालमा परिचित गराएपनि केही समय अघि रिलिज भएको चलचित्र अनुरागले उनलाई थप चर्चा दिएको छ । चलचित्रमा उनको अभिनयको सवैले तारिफ गरेका छन् ।

सामाजिक संजालमा निकै सक्रिय नायिका एलिजाको अहिले भने फेसबुकमा शेयर गरिएका तस्विर समेतले निकै चर्चा पाउन थालेको छ । उनको तस्विरमा धेरैले कमेन्ट गरेका छन् भने लाइक गर्ने पनि थुप्रै नै छन् । उनका तस्बिरहरु धेरैजसो क्लबमा देखिन्छ । क्लबमा रमाइरहेको तस्बिरहरु कहिलेकाहि उनको बारेमा नकारात्मक समाचारहरु आइरहेको हुन्छ ।

चलेको पत्रकारकारकी श्रीमती हुँदा चर्चा पाउन सजिलो हुने एलिजाले बताउने गरेकी छिन् । उनले चलचित्र क्षेत्रमा नायिकाको रुपमा भित्रन फलामको चिउरा चपाए सरह रहेको बताउँछिन् । उनी भन्छिन्, ‘थुप्रै चुनौती छन । आफू हिरोइन भएपछि सबैको नजरमा पर्नेगरी गेटअप गरेर हिँड्नु पर्दो रहेछ । आफूले केही गर्दा, केही बोल्दा सोचेर गर्नुपर्दो रहेछ । अन्य नायिकाको जस्तो मलाई सजिलो छैन । किनभने मैले घरपरिवारतिर पनि ध्यान दिनुपर्छ ।’






