
२० बैशाख २०७६, काठमाडौं
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावलाई सर्वस्वीकार्य बनाउन संचार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
शुक्रबार प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचन सर्वस्वीकार्य बनाउन प्रेसको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
साथै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणाली सुधारका लागि संचार क्षेत्रसँग गम्भीर बहस गर्ने योजना पनि अघि सारेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणाली सुधारका लागि सूचना प्रविधियुक्त निर्वाचन प्रणाली व्यवस्थापनको कामलाई आयोगले उच्च प्राथमिकताको साथ अगाडि बढाएको बताए ।





