चर्चित संगीतकार बिजु बज्र प्रति समर्पित गीत सार्वजनिक (भिडियो सहित)



१९ बैशाख २०७६,काठमाडौँ

चर्चित संगीतकार बिजु बज्रको निधन प्रति समर्पित निकै मार्मिक गीत बाबुल गिरीको आवाजमा सार्वजनिक भएको छ ।

बिजुको मै ठुली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु, बिस्तारै छायो आँखामा अँध्यारो लगायत गीतहरु बजारमा रहेका छन ।

२०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मेका संगीतकार बज्रले २०४९ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरी नेपाली संगीत क्षेत्रमा लागेका थिए । स्वर्गिय संगीतकार प्रति समर्पित रहदैँ गीत तयार पारिएको गीतकार दिनेश सुवेदीले बताए ।

गीतमा जिवनका मोडका विभिन्न आयामहरुलाई समेटिएको छ । पिडा भित्रका मनका बेदनालाई निकै मार्मिक रुपमा समेटिएको छ । बबुल गिरीको शब्द तथा संगीत गीतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्