प्रदेश १ को प्रदेशसभा बैठक स्थगित



१९ बैशाख २०७६, इटहरी

आज बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

संसद सचिवालयले टाँसेको सूचनामा अर्को बैठक बैशाख २२ गते बस्ने उल्लेख छ । प्रदेश १ को स्थायी राजधानी र नामाकरणको प्रस्ताव दर्ता गर्ने आज अन्तिम दिन हो । त्यसका लागि सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य दलहरु आन्तरिक छलफलमै छन् । प्रदेश १ को प्रदेशसभामा पाँचवटा दलको प्रतिनिधित्व छ । आज विहानैदेखि दलहरु नाम र राजधानीको बिषय टुंगो लगाउन छलफलमा केन्द्रीत छन् ।

नेकपाले बिहिबार ११ बजेका लागि बोलाएको संसदीय दलको बैठक पाँचै दलहरुबीचको सर्वदलीय बैठकका कारण बस्न सकेको छैन । कांग्रेसले संसदीय दलको कार्यालयमा बोलाएको बैठक पनि सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्