प्रदेश १ : नाम र राजधानीका लागि सर्वदलिय बैठक !



१९ बैशाख २०७६, इटहरी

प्रदेशको नाम र राजधानीको विषय टुंग्याउने विषयमा १ नम्बर प्रदेशका राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ ।

विराटनगरको रोडषेशस्थित बिग होटलमा सुरु भएको बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, प्रमुख सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव, संघीय लिम्बूवान राष्ट्रिय मञ्चका तर्फबाट विष्णुमाया तुम्बाहाम्फे र राप्रपा नेपालकी इन्दीरा राईको सहभागीता छ ।

प्रदेशको नाम र राजधानीको विषयमा नेकपा टुंगोमा पुग्न नसक्दा छलफल लम्बिनसक्ने देखिएको छ । नेकपाका पदाधिकारी तथा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर र मोरङका सांसदहरुबीच बिहानैदेखि छलफल जारी छ ।

यस्तै नेकपाले अन्य सांसदहरुसँग पनि अझै दुई चरणमा छलफल गर्ने जनाएको छ । छलफलपछि आउने निष्कर्षका आधारमा छोटो समय संसदीय दलको बैठक बस्ने नाम र राजधानीको विषय टुंग्याउने नेकपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्