चितुवाको छाला र भालुको पित्तसहित भक्तपुरबाट ५ जना पक्राउ



१९ बैशाख २०७६, काठमाडौं

प्रहरीले चितुवाको छाला र भालुको पित्तसहित ५ जनालाई भक्तपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदीका ४० वर्षीय आनन्द तामाङ, ओलढुङ्गाका २४ वर्षीय मनोज कार्की, सिन्धुली गोलन्जोरका ३४ वर्षीय रत्न बहादुर माझी र सिन्धुलीकै विष्णुबहादुर माझी रहेका छन् ।

महानगरीय प्रहरी परिषद् भक्तपुरले सूर्यविनायक चोकबाट शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गरी बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुबाट प्रहरीले २ थान छाला र भालुको पित्त बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्