‘दाल भात तरकारी’ चलचित्रले कमाए रिलिज हुनुअघि नै २ करोड, अग्रिम बुकिङ खुल्ला..



१९ बैशाख २०७६, काठमाडौं

‘दाल भात तरकारी’ चलचित्र रलिज हुनुअघि नै चलचित्रका गीतहरू हिट भइसकेका छन् । चलचित्र रिलिजअघि ओभरसिज, डिजिटल राइट्स र ब्रान्डबाट चलचित्रले दुई करोड कमाइसकेको बताइन्छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का, आँचल शर्मा, प्रियंका कार्कीलगायतको अभिनय रहेको छ ।

मह सञ्चारको ब्यानरमा निर्मित चलचित्रलाई किरण केसीले बनाएका हुन् । उनकै छोरो सुदन केसी चलचित्रका निर्देशक हुन् । कमेडी जनरामा बनेको चलचित्र भएकाले पनि मल्टिप्लेक्स सिनेमा भवनहरूले उच्च शो दिएका हुन् । चलचित्रका संगीतकार शम्भुजित बासकोटा हुन् ।

क्युएफएक्सले सर्वा्धिक २० शो उपलब्ध गराएको छ । ‘दाल भात तरकारी’ बिग मुभिज, क्युज सिनेमा, एफक्युब, बीएसआर, सिटीम्याक्स, गोपी, गुण, अष्टनारायण, बाराहीलगायत करिब सय हलमा लाग्दैछ । चलचित्रले बुधबारदेखि नै अग्रिम बुकिङ खुलाएका हो ।

प्रतिक्रिया दिनुहोस्