
१९ बैशाख २०७६, काठमाडौं
नेपाली चलचित्र जगतकी चर्चित नायिका र चलचित्र जगतमा सबै दर्शकहरुको मन मुटुको ढुकढुकी बन्न सफल भएका नायिका सञ्चिता लुइँटेलको जन्मदिन आज परेको छ । उनी ३६ औँ बसन्त पार गरी ३७ औँ जन्मदिन मनाउँन लागेकी हुन् । उनी ‘अप्सरा’ नामक चलचित्र जगतमा पाइला टेकेकी हुन् त्यसैले उनीलाई नेपाली चलचित्र उद्योगमा सञ्चितालाई ‘अप्सरा’ भनेर पनि चिनिन्छ ।


१९८३ मे २ तारिखका दिन सञ्चिताको जन्म सर्लाहीमा भएको हो । यस आधारमा आज उनी आफ्नो ३७औं जन्मदिन मनाउँदैछिन् । दुई छोराछोरीकी आमा सञ्चिताले सन् २००९ मा सर्लाहीकै नायक निखिल उप्रेतीसँग विवाह गरेकी हुन् ।


‘अप्सरा’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी सञ्चिता आज पनि उत्तिकै सुन्दर र उत्कृष्ट अभिनय गर्न सक्ने क्षमता राख्छिन् । स्नातकोत्तर सञ्चिताले अहिलेसम्म तीन दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । यतिखेर उनी बच्चालाई हुर्काउने बढाउनेसँगै बचेको समय चलचित्र अभिनयमा पनि व्यस्त छिन् । यसरी लाखौ दर्शकहरुको मन जित्न सफल भएका नायिका सञ्चिता लुइँटेललाई जन्मदिन लाखौ-लाखको शुभकामना…










