प्रदेश २ को सुझाव समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझायो



१९ बैशाख २०७६, काठमाडौं

प्रदेश नं.२ को नाम र स्थायी राजधानी तोक्ने सम्बन्धमा गठित सुझाव समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार संयोजक डा. हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन हस्तान्तरण गर्दै समिति संयोजक डा. झाले प्रदेशका आठओटै जिल्लाको सदरमूकाममा कार्यक्रम गरी जनप्रतिनिधि, नागरिक समाज, पेशागत संघ–संगठन र सर्वसाधरणका राय संकलन गरी तयार पारिएको जानकारी दिए ।

६४ पृष्ठको प्रतिवेदनमा नाम राजधानी के सिफारिस गरिएको छ भन्ने विषय गोप्य राखिएको छ ।

प्रतिवेदन बुझ्दै प्रदेशका मुख्यमन्त्री राउतले यो प्रतिवेदनलाई प्रदेश सभामा छलफल गरिने बताएका छन् ।

आयोगले गत मंसिर मसान्तभित्रै बुझाउनुपर्ने प्रतिवेदन झण्डै ६ महिना ढिला गरी बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्