नेपालमा पनि यस्तो : केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट, गयो १ जनाको ज्यान



१९ बैशाख २०७६, काठमाडौं

नेपालमा पनि पछिल्ला दिनहरुमा हरेक दिन अनौठा घटनाहरु भइरहेका हुन्छन् । यस्ता घटनाहरुलाई सामान्य मानिसले सहजै विश्वास गर्न सक्दैन तर ति कुराहरु सत्य हुन्छन् ।

यस्तै क्रममा गोरखामा केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एकजनाको ज्यान गएको छ । बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको जनाइएको छ ।

कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बेहुली लिएर र्फकँदा १७–१८ जना युवाहरुले जन्तीपक्षलाई गाडी रोकेर कुटपिट गरेका थिए ।

घटनाको सत्यतथ्य बुझ्न एसपी भोला रावलसहितको टोली अहिले पालुङटारतर्फ लागेको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको पनि एसपी रावलले जानकारी दिनुभयो ।

घटनाबारे सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्