
१९ बैशाख २०७६, काठमाडौं
प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा न. १९ स्थित ईना टोलमा ईन्द्रसभा सामुदायिक क्लब भवनको शिलान्यास गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ८ को स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गतको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राजेश शाक्य, ईन्द्रसभा सामुदायिक क्लब भवन उपभोक्ता समितिका मिलन खड्गी, स्थानीय समाजसेवि बालकृष्ण खड्गी तथा क्लबका पदाधिकारी लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।





