रोनाल्डोले किने १ अर्ब ३८ करोड १६ लाख ४३ हजार मूल्य पर्ने कार, संसारकै महंगो भएको दावी



१९ बैशाख २०७६, काठमाडौं

विश्व फुटबलका उत्कृष्ट खेलाडी तथा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ९५ लाख पाउण्ड अर्थात करिब १ अर्ब ३८ करोड १६ लाख ४३ हजार रुपैयाँ मूल्यको कार किनेका छन् ।

उनले बुगाटी ला भुइचर नोयर कार किनेका हुन् । डेलिमेलका अनुसार यो संसारकै सबैभन्दा महंगो कार हो । यो कार बजारमा आइसकेको छैन ।

पहिलोपटक यो कार जेनेभा मोटर शो २०१९ मा प्रदर्शन गरिएको थियो ।

बुगाटीले अहिले यो कारको एक मात्र प्रोटोटाइप निर्माण गरेको बताइएको छ । कम्पनीको ११० औं स्थापना दिवसको अवसरमा बनाइएको यही एकमात्र सुपरकार रोनाल्डोले किनेका हुन् ।

खबरका अनुसार यो कार २०२१ मा मात्रै रोनाल्डोले पाउँनेछन् । किनकी यो कम्पनीको नमुनामा अझै केहि भागको अन्तिम रुप दिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्