
१९ बैशाख २०७६, काठमाडौं
बेलायती रक्षामन्त्री गभिन विलियम्सन पदमुक्त भएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्को गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको हो ।
बेलायतको प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको विश्वास गुमाएपछि उनलाई पदबाट हटाईएको बताएको छ ।
विलियम्सनमाथि राष्ट्रिय सुरक्षा बैठकको संवेदनशील विषयमा भएको छलफलको विषय चुहाईएको आरोप लागेको छ ।
साथै कतिपय छानबिनमा असहयोग गरेको बेलायती प्रधानमन्त्रीले आरोप लगाएकी छिन् ।
विलियम्सनले भने आफूमाथि लगाईएको सबै अभियोग अस्वीकार गरेका छन् । विधिपूर्वक रुपमा आफूलाई हटाउन सकिने भए पनि प्रक्रिया मिचेर हटाईएको समेत उनको आरोप छ ।





