
१९ बैशाख २०७६, काठमाडौं
कुखुराजन्य उत्पादनमा बृद्धि भएपछि मूल्यमा अस्वभाविक गिरावट भएको छ ।
दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा बृद्धि हुदाँ किसान विस्थापित हुने अवस्थामा पुगेका हुन् ।
नेपाल अण्डा उत्पादक संघका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न कृषक बाध्य भएका छन् ।
हाल अण्डाको लागत मूल्य रु १० छ, तर कृषकले फार्मबाट सरदर रु ६ मा बेच्न बाध्य भएका छन् ।
त्यससँगै गत महिना काठमाडौं, हेटौँडा र कास्कीमा बर्डफ्लु देखिएपछि खपत कम हुँदा मूल्यमा गिरावट आएको हो ।
हाल दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएका छन् । गत वर्ष यो सङ्ख्या ३२ लाख रहेको थियो ।
खपत बढाउनका लागि संघ लागिरहेको भए पनि सार्थक हुन नसकेको संघले जनाएको छ ।





