छक्का पञ्जा २ अब युट्युबमा हेर्न पाईने…



१८ बैशाख २०७६, काठमाडौं

गत वर्षको सर्वाधिक हिट नेपाली कथानक चलचित्र छक्का पन्जा २ अब युट्युबमा आउँने पक्का भएको छ । रिलिज पछि पनि रिपिट रिलिज भएको चलचित्र लामो समय भईसक्दा पनि युट्युवमा नआएपछि दर्शकले सो फिल्म युट्युबमा कहिले आउँछ भनेर लगातार जिज्ञासा राखिरहेका
थिए ।

रि–रिलिज गर्दा सोचेअनुरुप दर्शकको साथ नपाएपछि निर्माता तथा कलाकार दीपकराज गिरीले मजदुर दिवसका दिन सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै सो कुराको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्