
१८ बैशाख २०७६, काठमाडौं
पछिल्लो समय निकैनै लोकप्रिय बनेको एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम को बन्छ करोडपतिमा चर्चित सञ्चारकर्मी रवि लामिछाने जाने भएको छ । उनले उक्त कार्यक्रममा सहभागी हुनको मुल उद्देश्य भनेको राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि सहभागी हुन लागेको जानकारी दिएका छन् ।
महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रममा धेरै चर्चित अनुहारहरुले भाग लिँदै आइरहेका छन् । यो भन्दा अगाडि पनि अभिनेत्री प्रियंका कार्की ,आयुष्मान देशराज जोशी , त्यस्तै अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ ।
यो हप्ता प्रसारित हुने को बन्छ करोडपति कार्यक्रममा सञ्चारकर्मी रवि लामिछाने लगायत जेठ ३ गतेबाट प्रदशर्न आउने चलचित्र जात्रै जात्राको टिम दयाहाङ राई बिपिन राई सँग अन्यकलाकार हरुलाई देख्न हेर्न पाउने भएको छ।
उनले फेसबुकमा ‘रास्कोट सामुदायिक अस्पतालकालागि सहयोग जुटाउन म लोकप्रिय कार्यक्रम “को बन्छ करोडपति” मा सहभागी हुदैछु। कार्यक्रमको रेकर्डिङ भोलि हुँदै छ। दर्शकका रुपमा सहभागी हुन इच्छुक २०० जना महानुभावहरुले फ्री टिकटकालागि पोस्टरमा लेखिएको विवरण हेर्नुहोला। निर्णय ढिला गरिएको कारण जानकारी दिन ढिलो भएकोमा क्षमा चाहन्छु। सकेसम्म १ करोड जित्ने गरि खेल्ने प्रयास गर्नेछु तर जति जितेपनि सबै रकम रास्कोट सामुदायिक अस्पताललाई।’ भनी स्टाट्स पोष्ट गरेका छन् ।





