सांसद श्रेष्ठद्वारा डुबान समस्या समाधानका लागि स्थलगत निरीक्षण तथा स्थानीयसँग छलफल



१८ बैशाख २०७६, काठमाडौं

काठमाडौ महानगरपालिका वडा नं १५ स्थित अन्नपूर्ण चोकको डुवान समस्या समाधानका लागि प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहितको टोलीले स्थलगत निरीक्षण तथा स्थानीयसँग छलफल गरेका छन् ।

स्थलगत निरीक्षणमा सांसद श्रेष्ठ लगायत कामपाका प्रवक्ता एवं १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल, १५ का वडा सदस्यहरु, जोदोल टोल सुधार समिती, एराहिटि टोल सुधार समिती, नयाँ बस्ती एराहिटि टोल सुधार समिती र जोदल टोल सुधार समितीका पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

निरीक्षण पश्चात स्थानीयसँगको छलफलमा जनप्रतिनिधिहरुले यस वर्षको वर्षा अगावै डुवान समस्या सामाधान गर्ने आश्वासन दिएका थिए ।

हरेक वर्षको वर्षायाममा उक्त क्षेत्र डुवानका कारण स्थानीयहरुको जनजीवन कष्टकर हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्