बलिउडकी गायिका नेहा कक्करले बाथरुममा दिए यस्तो डान्स (भिडियो सहित)



१८ बैशाख २०७६, काठमाडौं

बलिउडकी निकै रुचाइएकी चर्चित गायिका नेहा कक्करको बाथरुममा नाच्दै गरेका एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय रहेकी उनी सामाजिक सञ्जालमा भाइरल हुने गरेकी छन् । उनको इन्स्टाग्राममा लाखौँ फ्यान र फलोअर्सहरु रहेका छन् । हाले नेहाले इन्स्टाग्रँम मार्फत एक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनलाई बाथरुममा नाच्दै गरेका देखिएको छ ।

उनीसँगै गैरी सन्धुले गाएको गीत ‘हौली हौली’ मा नेहाले डान्स गरेकी छन् । नेहाले इन्स्टाग्राममा यो गीत गाएर आफ्नो डान्स भिडियो बनाएर इन्स्टाग्राममा अपलोड गरेकी छन् । उनले यो भिडियो सेयर गर्दै आफ्नो फ्यानहरुलाई भिडियो कस्तो लाग्यो भनेर सोधेकी छन् । उनको यो भिडियोलाई फ्यानहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्