बूनपा १ को विकासमा डा. राजन भट्टराईको चासो



१८ बैशाख २०७६, काठमाडौं

विकासवादी नेताको छवी बनाएका नेकपा केन्द्रिय सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले बूढानीलकण्ठ नगरपालिका वडा नं. १ कोे विकास निर्माणबारे वडाध्यक्ष सुरेन्द्र लामा सहित स्थलगत निरीक्षण गरेका छन् ।

स्थलगत अनुगमनमा नेकपा प्रदेश नं. ३ सदस्य सुन्दर पुर्कुटी, नेकपा जिल्ला नेता विदुर विक्रम खड्का सहित वडा कार्यालय पुगी वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

छलफलका क्रममा बूनपा १ तौलुङ स्थित मुहान खानेपानीको ट्याङ्की व्यवस्थित नहुँदा धाराबाट जुका, सर्प, भ्यागुता, पातपतिङ्गर, माटो तथा वालुवा जस्ता फोहर आउने भएको समस्या बुझेपछि फिल्टर सहितको थप पाँच लाख लिटरको ट्याङ्की निर्माण गरी शुद्ध खानेपानीको तत्काल प्रवन्ध मिलाउन खानेपानी लिमिटेडका निर्देशकलाई फिल्डबाटै निर्देशन दिएका थिए ।

विकासवादी नेता भट्टराईले वडा नं. १ को निलोपुलदेखि पञ्चकन्या चोकसम्म निर्माण सम्पन्न दुई किलोमिटर मोटरबाटोको अनुगमन गरी तौलुङदेखि चौतारा निस्कने र दुई नम्बर वडा जोडिने मोटर बाटो निर्माणको लागि आगामी बर्ष बजेट विनियोजन गराउने प्रतिवद्धता जनाएको वडाध्यक्ष सुरेन्द्र लामाले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्