भेनेजुएला सरकारले विपक्षी प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदायो(भिडियो सहित)



१८ बैशाख २०७६, काठमाडौं

भेनेजुएलामा निकोलस मुदेरो समर्थक सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदाएको छ ।

पछिल्लो समय चरम आर्थिक संकट झेलिरहेको भेनेजुएलामा दिनदिनै सरकारविरोधी समर्थकहरूले निरन्तर प्रदर्शन गर्दै आईरहेका छन् ।

विपक्षी दलका नेता एवम भेनेजुएलाका स्वघोषित राष्ट्रपति जुआन गुएदोले मंगलबार भेनेजुएलाका नागरिकहरूलाई सरकारका विरूद्ध उत्रन आग्रह गर्दै एक भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेपछि भेनेजुएलामा जुआन समर्थकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

यसैक्रममा प्रदर्शनकारीमाथि मुदेरो समर्थक सेनाका बख्तरबन्द गाडी गुडाइएको भिडियो सार्वजनिक भएको हो ।

यसैगरी भनेजुयलाका संचारमन्त्री जोर्ज रोड्रिगेजले ट्वीटरमा गुएदोको यस हर्कतलाई ‘कु’को संज्ञा दिदैं सरकारले सानोसानो संख्यामा रहेका देश्द्रोहीहरूलाई निस्क्रिय पारिरहेको दावी गरेका छन् ।

https://twitter.com/i/status/1123260850410643456

पछिल्लो केहि सातायता गुएदोले राजधानी बाहिरका शहरहरूको भ्रमण गर्दै ठूलो संख्यामा जनताहरूलाई साथ लिदैं मुदेरोविरूद्ध प्रदर्शनमा उत्रन मानिसहरू जम्मा गरिरहेका छन् ।

थप भिडियो हेर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्