राष्ट्रपति भण्डारी स्वदेश फर्किईन्



१८ बैशाख २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वदेश फर्केकी छन् ।

राष्ट्रपति भण्डारी चीनको ९ दिने राजकीय भ्रमणका लागि गएका तर, भ्रमण सकिन एक दिन अगावै बुधबार विहान स्वदेश फर्केकी हुन् ।

बेइजिङमा आयोजित बेल्ट एण्ड रोड (बिआरआई) को दोस्रो सम्मेलनमा भाग लिई त्यहाँको महत्वपूर्ण भेटवार्ता पूरा गरी ल्हासा आउने क्रममा ‘हाई अल्टिच्यूड’का कारण स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी निर्धारित समय भन्दा एक दिन अघि नै स्वदेश फर्केको बताईएको छ ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा लगातयतले विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्