प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघद्वारा ऐक्यबद्धता र्याली



१८ बैशाख २०७६, काठमाडौं

नेपाल पत्रकार महासंघले राजधानी काठमाडौंंमा २६ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि ऐक्यबद्धता र्याली निकालेको छ ।

महासंघले बुधबार बिहान बबरमहल देखि नयाँवानेश्वरसम्म प्रभात फेरि निकालेको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि अघि बढाएको महासंघको अभियानमा पत्रकार, पेशाकर्मी, नागरिक अधिकारकर्मी, बुद्धिजीवी, युवा विद्यार्थी तथा श्रमजीविहरु सहभागी भई ऐक्यबद्धता जनाएका थिए ।

प्रभातफेरीमा महासंघ उपत्यकाका तीनवटै जिल्ला शाखा ,उपत्यका प्रदेश कमिटी लगायतमा आवद्ध पत्रकारहरु ब्यानरसहित सहभागी भएका थिए ।

बबरमहलबाट सुरु भएको  र्याली बिजुली बजार हुदैँ नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

सो अवसरमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रलाई पुन : संरचना गर्दै पत्रकारहरुको न्युनतम पारिश्रमिक पूर्ण रुपमा कार्यान्वयनमा गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्