नेकपा नेता निर्मल कुईकेलद्वारा मलेसियामा सहभागी हुने खेलाडीको विदाई (भिडियो सहित)



१८ बैशाख २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. ३ सदस्य निर्मल कुईकेलले अन्तर्राष्ट्रिय ओकीनावा गोजुरियो खुल्ला कराँते प्रतियोगितामा सहभागी हुन मलेसिया प्रस्थान गर्ने खेलाडीहरुलाई शुभकामना सहित खादा र रुद्राक्ष माला लगाई विदाई गरेका छन् ।

अन्तर्राष्ट्रिय ओकीनावा गोजुरियो खुल्ला कराँतेका प्रतियोगीहरुलाई विदाई गर्दाको भिडियो :

ओकीनावा गोजुरियो कराँते डो संघ नेपालका प्रमुख प्रशिक्षक रञ्जनमान श्रेष्ठको नेतृत्वमा सहभागी टोलीमा टिम म्यानेजर जितेन्द्र प्रसाद साह, खेलाडीहरु विनोदमान श्रेष्ठ, विवश घिमिरे र कुमार चौलागाई रहेका छन् ।

विदाई कार्यक्रममा प्रमुख अतिथि कुईकेलले, ‘२०१९ मे ३,४ र ५ गते मलेसियामा हुने अन्तर्राष्ट्रिय ओकीनावा गोजुरियो खुल्ला कराँते प्रतियोगितामा गएका टोली सदस्यहरुले नीजि खर्चमा मुलुकको नाम राख्ने प्रयास गर्नु प्रशंसनीय रहेकोे बताए ।’

काठमाडौं महानगरपालिका वडा नं. ८ नेपाल कम्युनिष्ट पार्टी कमिटीद्वारा आयोजित कार्यक्रममा प्रमुख प्रशिक्षक रञ्जनमान श्रेष्ठ, नेकपा स्थानीय नेता रमेशसिंह डंगोलले मन्तव्य राखेका थिए भने नेकपा जिल्ला नेता विनोद रिमालले कार्यक्रम संचालन गरेका थिए ।

विदाई कार्यक्रममा प्रदेश सांसद नरोत्तम बैद्य, नेकपा नेताहरु जलदराज बैद्य, विनोद शाही, समाजसेवी मुकुन्दराज बैद्य, शारदा कुमार बैद्य र केदारमान भण्डारी समेत सहभागी भएका थिए ।

    

प्रतिक्रिया दिनुहोस्