डा. राजन भट्टराईद्वारा निर्माणाधिन कपन क्याम्पसको स्थलगत अनुगमन (भिडियो सहित)



१७ बैशाख २०७६, काठमाडौं

विकासवादी नेताको छवि बनाएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य, परराष्ट्रविद् तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले निर्माणाधिन कपन बहुमुखी क्याम्पसको स्थलगत अनुगमन गरेका छन् ।

विकासवादी नेता डा. राजन भट्टराईद्वारा स्थलगत अनुगमन गरिएको निर्माणाधिन क्याम्पस भवनको भिडियो :

कपन क्षेत्रकै नमूना सामुदायिक क्याम्पसको रुपमा स्थापित कपन बहुमूखी क्याम्पसको आफ्नै भवन नहुँदा घर भाडामा लिई हाल क्याम्पस संचालन भईरहेको छ । विगत वर्षदेखि बजेट अभावमा निर्माण कार्य सुचारु हुन नसकेको क्याम्पस भवन निर्माणको लागि क्याम्पस व्यवस्थापन समितिले डा. राजन भट्टराई समक्ष बजेटको लागि अनुरोध गरेको थियो ।

आफ्नो क्षेत्रको विकासमा दिनरात नभनी खटिरहेका विकासवादी नेता भट्टराईले प्रदेश सरकार मार्फत प्रदेश भरिकै सवैभन्दा ठूलो परियोजना रु पाँच करोड बजेट विनियोजन गराएका थिए ।

विकासवादी छवि बनाएका डा. भट्टराईलाई क्याम्पस व्यवस्थापनले क्याम्पस स्थापना दिवस तथा साधारण सभामा प्रमुख अतिथि नबनाएपनि आफ्नै पहलमा निर्माण हुन लागेको निर्माणाधिन भवनको स्थलगत अनुगमन गरी गुणस्तरयुक्त भवन निर्माणको लागि ठेकेदार तथा क्याम्पस व्यवस्थापन समितिलाई निर्देशन दिए ।

स्थलगत अनुगमनका क्रममा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले २३ करोड गुरुयोजना रहेको क्याम्पसमा रु पाँच करोड विनियोजन गरी निर्माण कार्य अगाडि बढाउन सहयोग पुर्याएकोमा डा. भट्टराईलाई धन्यवाद दिदैं आगामी वर्षको लागि थप पन्ध्र करोड आवश्यक बजेट विनियोजन गराईदिन अनुरोध गरेका छन् ।

स्थलगत अनुगमनमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार ओझा, क्याम्पस प्रमुख भूमिदत्त पौडेल, निर्माण अनुगमन समितिका संयोजक मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी, सल्लाहकार रबिन अधिकारी, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्यहरु भूवप्रसाद रेग्मी, चन्द्रमान श्रेष्ठ, क्याम्पस व्यवस्थापन समिति सदस्य डम्बर अधिकारी, संचिता डोटेल, बाल उद्धार व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद बजगाई, समाजसेवी विदुर बिक्रम खड्का, पुष्प भट्टराई, उज्जवल दाहाल लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्