साहित्यमा ‘प्रयास’का प्रयासहरुले सार्थकता पाउँदै !(भिडियो सहित)



१७ बैशाख २०७६, काठमाडौं

नेपाली साहित्यिक दुनीयाँमा विभिन्न क्षमताका साहित्यकारहरु निस्किरहेका छन् ।

जो भिन्न–भिन्न क्षमता लिएर आएका हुन्छन् ।

यस्तै भिडबाट फुत्त साहित्यको फाँटमा देखा परेका नव–साहित्यकार हुन् ‘प्रयास दुमी राई

जो गजल, मुक्तक, लघुकथा, कविता गर्दै आख्यान विधामा समेत रमाउँन थालिसकेका छन् ।

सानोमै साहित्यप्रति विशेष झुकाव राख्ने ‘प्रयास’ले अहिले आएर एक स्थापित साहित्यकारको संज्ञा पाईसकेका छन् ।

हामीले साहित्यकार ‘प्रयास’का बारेमा आम–पाठकहरुले अनि अनुयायीहरुले जे खोजे त्यसैलाई पस्कन खोजेका छौं ।

यो सामग्री तपाईकै लागि !

वाल्यकाल !

साहित्यकार ‘प्रयास दुमी’ खोटाङमा जन्मेका श्रष्टा हुन् ।

आजभन्दा करिब २० वर्ष अगाडी खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जन्मेका उनले सानैदेखि नै साहित्यलाई नजिकबाट नियाल्ने कोशिस गर्ने गर्थे ।

“मैले सानैमा पनि धेरै कथा, कविताहरु लेख्ने प्रयास गर्थें । मैले साहित्यिक भ्रुणहरुको कत्ति हत्या धेरै गरेको छु कि, कत्ति लेखहरु त मैले लेख्न सुरु गरेर पूरा नगर्दै फालेको छु । तर, त्यसपछि जत्ति लेखियो, त्यसबाट चाहिँ अग्रजहरुले राम्रै प्रतिक्रिया दिएका छन् ।”
उनी भन्छन् ।

वाल्यकाल र शिक्षा !

गृहजिल्ला खोटाङबाटै औपचारिक शिक्षा हासिल गरे ‘प्रयास’ले ।

प्रवेशिकासम्मको शिक्षा गाउँबाट आर्जन गरिसकेपछि राजधानी आएका ‘प्रयास’को उच्च शिक्षाको यात्रा भने, निरन्तर बढि नै रह्यो ।

विद्यालयस्तरदेखि नै साहित्यमा विशेष रुची राख्ने ‘प्रयास’ले अन्ततः साहित्यकार बनरै छाडे ।

अभ्यस्तलाई ओकल्दै ‘प्रयास’ भन्छन्, “मलाई त्यो मेरो वाल्यकालको मेरो साहस देखेर अहिले अचम्म लाग्छ, म भन्दा कत्ति अग्रजहरुको अगाडी निर्धक्कसाथको प्रस्तुतीमा हुँन्थें । खुब नाटक लेखेर आफुभन्दा अग्रजहरुलाई जुटाउँदै नाटक प्रस्तुत पनि गर्थें ।”

सानोमै धेरै साहित्यिक खूबीहरुबाट टाढा नरहेका ‘प्रयास’मा अहिले साँच्चै प्रतिभाको कम छैन ।

“मलाई त्यो समयले धेरै न्याय गरेको छ भन्ने लाग्छ, किनकी, आज यो स्थानसम्म आउँनमा त्यो साहसले पनि राज गरेको हुँदो हो ।” उनी थप्छन् ।

साहित्य प्रवेश !

विद्यालय स्तरबाटै विभिन्न साहित्य विधाहरुमा कलम डोर्याउँदै आएका ‘प्रयास’ले यो उमेरसम्म आईपुग्दा त्यो सामर्थ्य बनाएका छन् ।

जोबाट निमेष भरमै हजारौं साहित्यिक शब्दहरुको सूची बन्दछ । यो उनको नितान्तः वैयत्तिक खूबी हो ।

“मैले जीवनको यो कालखण्डसम्म आउँदासम्म धेरै लेखहरु लेखें । तर, दस्तावेजीकरण चाहिँ कमैलाई गरियो ।” उनी विगत सम्झन्छन् ।

“मैले सानैमा ‘बदला’नामक नाटक लेखेको थिएँ, जुन सबैले मन पराईदिनुभयो । त्यसपछिको साहित्यिक यात्रामा अलिक सहजता भेटें ।” ‘प्रयास’ भन्छन् ।

संघर्ष !

संघर्षले जीवनमा विशेष भूमिका खेलेको हुन्छ ।

जुन चिजले जीवनमा रहेका धेरै सपनाहरुलाई निश्चित दिशा प्रदान गर्ने गर्दछ ।

अथवा यसो भनौं, संघर्षले नै जीवनलाई सार्थक बनाउँछ ।

“अन्य क्षेत्रमा धेरै संघर्ष नगरेपनि साहित्य लेखनमा धेरै संघर्ष गरेका छु ।” ‘प्रयास भन्छन् ।

लेख रचनाहरु लेख्न सुरु गर्ने अनि बिचैमा छोड्ने त मेरो दैनिकी हुन्थ्यो । त्यसलाई पनि एक किसिमको संघर्ष नै मानिन्छ ।

साहित्यमा ठोस उपलब्धी !

साहित्यमा छिरेपछि टेलिशृखंला ‘अलपत्र’समेत लेख्न भ्याएका ‘प्रयास’ले नेपाली साहित्यमा थुप्रै उपलब्धीहरुलाई हातमा लिएका छन् ।

सानैदेखि साहित्यमा हराउँने बानी परेका उनले ‘दुई थोपा आँशु’, ‘बदला’, ‘प्रयास हो जीन्दगी’ लगायतका नाटकहरुबाट लोकप्रियता कमाउँदै अन्ततः एक उपन्यास ‘प्राञ्जल’लाई समेत जन्म दिए ।

“यो उपन्यास अब छिट्टै तपाईहरुको हात हातमा आउँदै छ । प्रतिक्षा गर्नुहोला । शायद अब अषाढ पहिलो हप्ताभित्रमा विमोचन हुने छ ।” उनी भन्छन् ।

‘प्रयास’ यत्तिमा मात्रै पनि सिमित रहेनन् । आधा दर्जन गीतहरुलाई समेत रेकर्ड गराईसकेका ‘प्रयास’को ‘साथीको आमा’ र ‘म मरेको दिन’ लगायतका लघुकथासमेत युट्युबबद्ध भएका छन् ।

“मेरो प्रेमील उपन्यास ‘अन्योल’ पनि यहाँहरुले युट्युबमा सुन्न सक्नुहुन्छ ।”उनी भन्छन् ।

चूनौती !

साहित्य भनेको एउटा भावना हो ।

भावनामा आएका कुराहरुलाई आफ्नै कलाद्वारा अक्षरहरुमा उतार्नु भने साहित्यकारको खूबी हो ।

“साहित्यमा चूनौती होईन, साहित्य लेख्ने समयमा चूनौती हुन्छ ।” ‘प्रयास’ सुनाउँछन् ।

शायद यसै कारणले पनि होला । थोरैले साहित्यलाई व्यवसायिकतामा परिणत गरेका हुन्छन् ।

सहजता !

सानैदेखि साहित्यलाई मायाँ गरेर कलम दौडाईरहने ‘प्रयास’लाई साहित्यमा आउँन त्यत्ति गार्हो भएन ।

सानैमा नाटकबाट चर्चा कमाएर उनी, लेख्नमा माहिर हुँदै गए ।

प्रवेशिकापछि नै टेलिशृखंला लेख्न सुरु गरेका उनलाई अगाडीका ति अभ्यासले पनि धेरै सहयोग गरेको हुँदो हो ।

“सानैमा ति कामहरु गरिन्थ्यो, यसले पनि अहिले आएर मलाई धेरै सहजता प्रदान गरेको छ ।” उनी सुनाउँछन् ।

कठिनाई !

सामान्यतयाः कठिनाई सबै कुरामा हुन्छन् ।

कहिँकतै लाग्छ, कठिनाई अनि समस्या नै नहुँदो हो त, कस्तो हुन्थ्यो होला । तर, यो पनि हुन आवश्यक छ ।

किनकी समस्याले मानिसलाई हरेक अवस्थाबाट बाँच्न सिकाउँछ ।

परिस्थिती जस्तो आएपनि मनस्थिती बलियो भयो भने, जे पनि चल्छ भन्छन् । साँच्चै पनि हो ।

त्यसमा पनि साहित्यमा धेरै कठिनाई रहेको हामी जोकोहीले पनि सुनेका अनि देखेका छौं ।

तर, साहित्यकार ‘प्रयास’ आफ्नो अकिल फरक खालको अनुभव भएको बताउँछन् ।

प्रयास भन्छन्, “मलाई साहित्य रचनामा त्यत्ति कठिनाई भएन, शायद त्यो बानी भएकोले पनि होला ।”
अन्य कठिनाई त जीवनमा साधारणतयाः आउनै नै भए ।

उपन्यास ‘प्राञ्जल’का कुरा !

अषाढ पहिलो हप्ताभित्र उपन्यास ‘प्राञ्जल’ पाठकहरुको हात हातमा ल्याउने कुरा सुनाउँछन्, ‘प्रयास’

उपन्यासभन्दा अगाडी कथा, कविता, नाटक, तथा धेरै साहित्यिक विधाबाट चर्चा कमाईसकेका ‘प्रयास’अब भने आम–पाठकसामु उपन्यासका साथ आउँन लागेको हुन् ।

‘प्राञ्जल’मा कस्तो विषयवस्तुहरुलाई स्थान दिनुभएको छ? भनेर सोधिएको प्रश्नमा उनी भन्छन्,

“यो विशेषतः समाजको कथा हो । यसो भनिरहँदा फेरी यसले भलै नेपाली समाजको मात्रै प्रतितिधित्व गर्छ भन्ने भने पक्कै होईन । यसमा एक जवानीमा रमाईरहेका प्रेमील जोडीको कथालाई पनि समेटिएको छ ।”

उनी थप्छन्, “अन्य कुराहरु त अषाढ पहिलो हप्तापछि नै थाहा हुनेछ ।”

अनि !
‘प्रयास’ नेपाली समाजमा जन्मेका एक होनहार साहित्यकार हुन् ।

उनीजस्तो मान्छे यो समाजमा जन्मनु हामी सबैको अहोभाग्य हो ।

आगामी दिनहरुको साहित्यिक यात्रामा पछाडी फर्केर हेर्नु कहिल्यै नपरोस् ।

शुभकामना !

हेर्नुहोस् साहित्यकार ‘प्रयास’सँग गरिएको साहित्यिक कुराकानी !

प्रतिक्रिया दिनुहोस्