१९ वर्षिय युवती ट्रकको ठक्करले ज्यान गयो : शव उठाउन मानेनन् आफन्तले



१७ बैशाख २०७६, काठमाडौं

कैलालीको लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनीता रावलको ज्यान गएको थियो । त्यसपछि आक्रोशित आफन्त, स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ । राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रेका मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा सात प्रहरी र एक शिक्षक घाइते भएका छन् । घाइतेको उपचार लालरत्न अस्पताल लम्कीमा भइरहेको छ ।

घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रदर्शन थालेका हुन् । उनीहरुले उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखेर पूर्वपश्चिम राजमार्गमा सवारीका साधन चल्न दिएका छैनन् ।

राजमार्ग खुलाउन गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेर घाइते बनाएका कैलालीका एसपी आभूषण तिमिल्सेनाले जानकारी दिए । अहिले पनि लम्कीबजार तनावग्रस्त छ । मृतकको शव आफन्तले उठाउन दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्