प्रदेश ३ सरकारको ५० अर्ब बजेट ल्याउने तयारी



१७ बैशाख २०७६, काठमाडौ

प्रदेश नं ३ सरकार  आगामी वर्षको बजेट ल्याउने तयारीमा जुटेको छ ।

बजेट तयारी पार्नका लागि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागीपरेका हुन् ।

चालु आर्थिक वर्षका लागि बजेट खर्च गर्न नसकेर पिरोलोमा परेको प्रदेश सरकार प्रोजेक्ट बैंकमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा छ । प्रदेश ३ मा चालु आवमा जम्मा ३० प्रतिशत मात्र बजेट खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्