
१७ बैशाख २०७६, काठमाडौं
स्मरण बचत तथा ऋण सहकारी संस्था (स्मरण साकोस) ले डिल्ली बजारको विजय स्मारक विद्यालय प्राङ्गणमा नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसर पारी छैटौं वृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा ६८ जना रक्तदाताको सहभागीता रहेको थियो । कार्यक्रममा चियापान, शुभकामना आदान–प्रदान सहित संस्थाद्वारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर समेत विरतण गरिएको प्रबन्धक निर्मल प्रसाद हुमागाईंले परिवर्तन खबरलाई बताए ।

स्मरण साकोसले आयोजना गरेको रक्तदान कार्यक्रममा ब्लड डोनर्स एसोशिएसन नेपाल र काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कुनको) संयोजन रहेको थियो ।






