नायिका पूजा शर्मा आज जन्मदिन मनाउँदै, कति वर्षमा पाइला टेक्दैछिन् ?



१७ बैशाख २०७६, काठमाडौं

पछिल्ला समयमा नेपाली चलचित्र जगतमा अति नै चर्चित नायिका र चलचित्र जगतमा धुम मच्याएकी पुजा शर्माको जन्मदिन आज परेको छ । उनी २८ औँ बसन्त पार गरी २९ औँ जन्मदिन मनाउँन लागेकी हुन् । उनी ‘थ्री लभर्स’ नामक चलचित्र जगतमा पाइला टेकेकी उनी हाल सम्हालिन्छ कहिले मन चलचित्रको निर्माण प्रक्रियामा व्यस्त रहेकी हुन् ।

उनी ‘प्रेम गीत’ “राम कहानी” को सफलतापछि निकै चर्चाको शिखरमा चुलिल्न पुगिन् । ‘म यस्तो गीत गाउँछु’र राम कहानी मार्फत चलचित्र निर्माणमा समेत हात हालेकी उनलाई यो चलचित्रको सुपरहिट भएपछि भने उनी लाखौ दर्शकहरुको मन जित्न सफल भईन् ।

यतिबेला उनको दोस्रो निर्माणमा रहेको तेस्रो चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रतिक्षामा रहेको चलचित्र हो । जुन चलचित्रको छायांकन लण्डनमा गरे केही दिन अगाडि मात्र नेपाल फर्किएकी हुन । यसरी चलचित्र जगतमा नेपाली दर्शकहरुको माझ लोकप्रिय बनेकी नायिका पुजालाई जन्मदिनको लाखौँ लाख शुभकामना…

प्रतिक्रिया दिनुहोस्