बूनपा ९ मा दिउँसै बालुवा चोरी : जग्गाधनी चकित (भिडियो सहित)



१६ बैशाख २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ मण्डिखाटार काष्टमण्डप स्कूलको पछाडीपट्टी भित्तोमा विभु गोयलको नाममा रहेको नीजि जग्गाबाट विना जानकारी, वडा कार्यालयबाट स्वीकृत नलिई लाखौंको बालुवा चोरी निकासी भएको पाईएको छ ।

चोरी निकासी भएको बुझेपछि स्थानीयहरुले प्रहरी बृत्त महाराजगंजमा खबर गरेका थिए । खबरलगत्तै बृत्तका प्रमुख डिएसपी फणिन्द्र प्रसाईको नेतृत्वमा आएको टोलीले बालुवा तथा माटो चोरी निकासीमा संलग्न चार टिपर र एक स्काभेटर सहित संलग्न केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

बृत्त प्रमुख प्रसाईले परिवर्तन खबरसँगको कुराकानीमा दिउँसै राजधानीको व्यस्त शहरबाट ठूलो मात्रामा बालुवा तथा माटो चोरी निकासी हुनु पहिलो र आश्चर्यजनक घटना भएका बताए ।

जग्गाधनी विभु गोयलको ६७ आना भिरालो जग्गा ३५ फिट गहिरो बनाई करिब ५० लाख बराबर बालुवा, माटो १५ दिनदेखि चोरी भएको श्रीमान श्रवण गोयलले बताए ।

प्रतिक्रिया दिनुहोस्