
१६ बैशाख २०७६, काठमाडौं
महानायक राजेश हमालद्धारा सञ्चालन गर्दै आएको कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुदै आईरहेका छन् ।
यसैबीच कार्यक्रम अहिले ३५ औ एपिसोडमा पुगेका हुन् । ३५ औ एपिसोडका प्रतियोगीहरु चर्चित अभिनेत्री प्रियंका कार्की र आयुश्मान देशराज सहभागी भएको थियो । चर्चित अभिनेत्री प्रियंका कार्की र आयुश्मान देशराज लाइफ लाईन लीन नपाई छैटौँ प्रश्नमा नै बाहिरीएका थिए ।
महानायक राजेश हमालले सञ्चालन गरेको कार्यक्रम ‘को बन्छ करोडपति’ मा राष्ट्रिय गानको अपमान गरेको भन्दै आलोचना गरिएको छ । कार्यक्रममा राजेश हमालले प्रियंका र आयुष्मानलाई राष्ट्रिय गानमा कति पटक नेपाल शब्द आउँछ ? भनेर प्रश्न सोधिएको थियो । यसै क्रममा राष्ट्रिय गीत बज्दा राजेश हमाल सिटबाट नउठी बसे भने प्रियंका र आयुष्मान पनि आफ्नो सिट बाट उठेनन् । यद्यपी राष्ट्रिय गानको सम्मानमा गीत बज्दा सबै जना उठेर बस्नु पर्ने भनिएपनि तीनै जना सिटबाट नउठी सुनेर बसेका थिए ।
राष्ट्रिय गान गाउँदा उभिनुपर्छ भन्ने सामान्य ज्ञान समेत नभएको भन्दै उनीहरुलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ । कार्यक्रममा राष्ट्रिय गानबाट प्रश्न बनाएर सोध्नु राम्रो हो तर राष्ट्रिय गान बज्दा उठ्नुपर्छ भन्ने कुरा देशका चर्चित स्टारलाई थाहा नभएको भन्दै धेरैले टिकाटिप्पणी गरेका हुन् ।





