एक नम्बर प्रदेशको नाम र राजधानीको प्रस्ताव आव्हान



१६ बैशाख २०७६, इटहरी

एक नम्बर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामाकरण र राजधानीको लागि उपर्युक्त नाम दर्ता गराउन सांसदहरुलाई १९ गतेसम्मको समय दिनुभएको छ ।

प्रदेशसभाको हिजो बसेको प्रदेशसभाको बैठकबाट सभामुख भण्डारीले १९ गतेसम्ममा प्रदेशको नाम र राजधानीको प्रस्ताव गर्न आव्हान गर्नुभएको हो । सभामुख भण्डारीले त्यसका लागि आव्हान गर्ने सूचना जारी गर्न प्रदेशसभा सचिवलाई  निर्देशन दिएको पनि संसदलाई जानकारी दिनुभयो ।

सभामुख भण्डारीले प्रदेशको नामांकन र राजधानीको विषयमा सदनमा कार्यसूचीको रुपमा राखेसँगै प्रदेशले नाम र राजधानी पाउने भएको छ ।

यसअघि प्रदेशसभाले १ वर्ष वितिसक्दा पनि आफ्नो नाम र राजधानी तोक्न नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ताभएसँगै उक्त विषयमा छलफल हुने सहमति नभए मतदानको आधारमा विषयको टुंगो लाग्नेछ । संविधानले प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्