प्रदेश सभा २ को बैठक पटक–पटक स्थगित



१६ बैशाख २०७६, काठमाडौं

सोमबार बस्ने भनिएको प्रदेश सभा २ को बैठक स्थगित भएको छ ।

स्थगित बैठक आगमी बैशाख २० गते बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।यसअघि बैशाख ११ गते बस्ने भनिएको बैठक १६ गतेका लागि सारिएको थियो ।

तर सत्ताशीन संघीय समाजवादी फोरम नेपालको प्रदेश– २ अधिवेशन जारी रहेका कारण यो बैठक पनि स्थगित गरिएको हो ।

प्रदेश सभा २ मा तेस्रो अधिवेशन प्रारम्भ भएको १ महिना बितिसक्दा तीन पटकमात्र बस्न सकेको छ ।

प्रतिक्रिया दिनुहोस्