
१६ बैशाख २०७६, काठमाडौं
रौतहटको यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी शाहले अध्यक्षले आफूमाथि दुव्र्यवहारको प्रयासको साथै भौतिक आक्रमणको प्रयास गरेको आरोप लगाएकी छिन् ।
उपाध्यक्ष शाहले आईतबार झुनखुनस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा श्रीपप्रकाश मुखियाले आफूमाथि गर्दै थप्पडसम्म हान्ने प्रयास गरेको आरोप लगाएकी हुन् ।
गाउँपालिकामा भएको अनियमितताबारे आवाज उठाँउदा आफूमाथि दुव्यहार भएको उनको दावी छ ।
आर्थिक वर्ष २०७५/७६ को बजेट के कत्तिको छ ? भन्ने अहिलेसम्म जानकारी नदिएको, बिना सहमति कार्यपालिकाको बैठक बसेर काम गरेको, प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा आफूलाई वाइपास गरेको आरोप समेत लगाएकी छिन् ।





