बूनपा १२ मा कौशी खेती तालिम संचालन हुँदै



१६ बैशाख २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ ले कपन महिला संजालसँगको सहकार्यमा पाँच दिने फोहोरमैला व्यवस्थापन तथा कौशी खेती तालिम संचालन गर्ने भएको छ ।

बूनपा १२ वडा कार्यालयको आर्थिक सहयोगमा बैशाख २४ देखि २८ सम्म संचालन हुने तालिममा १०० सहभागी भाग लिन पाउनेछन् भने ईच्छुक सहभागीले वडा कार्यालय वा महिला संजालमा सम्पर्क गर्न सक्ने कपन महिला संजालकी अध्यक्ष सावित्री ढकाल भट्टराईले जानकारी गराईन् ।

विहान बेलुका संचालन हुने तालिम निःशुल्क हुनेछ भने सहभागीलाई कम्पोष्ट विन, चिया विस्कुट र सिकाई भ्रमण समेत गराउने वडाध्यक्ष शम्भु भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्