माइतीघरमा द्वन्द्व पीडितका प्रतिनिधिद्वारा विरोध प्रदर्शन, आयोगमा प्रतिनिधित्व हुनुपर्ने माग



१६ बैशाख २०७६, काठमाडौं

द्वन्द्व पीडितका प्रतिनिधि र मानवअधिकार अगुवाले माइतीघर मण्डलामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगसम्बन्धी ऐन संशोधन नगरी ती आयोगमा पदाधिकारी नियुक्त गरेको भन्दै संयुक्त रुपमा सोमबार मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले दुवै आयोगमा द्वन्द्व पीडितका प्रतिनिधिको समेत प्रतिनिधित्व हुनुपर्ने माग राख्दै आएका छन् । त्यसको लागि ऐन शसोधन हुनपर्ने अडान राखेका छन् ।

सरकारले भने ऐन संशोधनपछि गर्ने आश्वासन दिँदै, पहिले पदाधिकारी नियुक्ति गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्