विकासवादी डा. भट्टराईको पहलमा गोपीकृष्ण–आनन्दनगरमा पक्की पुल बन्दै…(भिडियो सहित)



१६ बैशाख २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार तथा विकासवादी नेता डा. राजन भट्टराईको पहलमा चावहिल क्षेत्रको ट्राफिक जाम कम गर्न काठमाडौं महानगरपालिका वडा नं. ७ र ४ अन्तर्गत धोबीखोला करिडोरमा पक्की पुल बन्ने भएको छ ।

गोपीकृष्ण–चावहिलको जाम कम गर्न विकासवादी डा. भट्टराईको पहलमा निर्माणाधिन पक्की पुलको भिडियो :

विकासवादी नेता डा. भट्टराईको पहलमा प्रदेश सरकारबाट विनियोजित भ्याट बाहेकको एक करोड १८ लाख बजेटबाट एक वर्ष भित्र सम्पन्न गर्ने  गरी रायमाझी कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको हो । १७.८० मिटर लम्बाईको पक्की पुल ८.४० मिटर चौडाईको हुनेछ । जसमा ६ मिटर यातायात आवतजावतको लागि प्रयोग हुनेछ भने दुवै किरानारमा १.२० मिटर पैदल यात्रीको लागि छुट्याईने स्थानीय सडक पुल कार्यक्रमका इन्जिनियर लोक बहादुर खड्काले बताए ।

योजनाको प्रगति र गुणस्तर बारे बुझ्न डा. भट्टराई आज विहान वडा नं. ७ का जनप्रतिनिधि कृष्णमणि भट्टराई, स्थानीय समाजसेवी टिका पराजुली, स्थानीय टोल सुधार समितिका प्रतिनिधि सहित स्थलगत अनुगमनमा पुगेका थिए ।

रायमाझी कन्स्ट्रक्सन प्रालिले एक वर्षमा सम्पन्न गर्ने सम्झौता गरेको भएपनि चौबिसै घण्टा काम गरी निर्माण कार्यलाई करिव चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

यसअघि सोही ठेकेदार कम्पनीले मेलम्ची सिपाघाट पुल १८ महिनामा सक्ने गरी ठेक्का लिएकोमा ९ महिनामै कार्य सम्पन्न गरको थियो ।

विकासवादी डा. राजन भट्टराईकै पहलमा विनियोजित बजेटबाट निर्माणाधिन पुलको गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिदा आफूले दैनिक रुपमा अनुगमन गरिरहेको र गुणस्तरमा कुनै कमी आउन नदिने ईन्जिनियर खड्काले प्रतिवद्धता जनाए ।

मौसमले साथ दिए र अहिलेकै गतिमा काम हुन सके असारसम्ममा निर्माण सम्पन्न गर्ने ठेकेदार प्रतिनिधिले बताए ।

 

प्रतिक्रिया दिनुहोस्