
१६ बैशाख २०७६, काठमाडौं
संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुदैँछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बजेट अधिवेशन आजबाट सुरु हुन लागेको हो ।
संघीय संसद सचिवालयले सोमबार अपराह्न ४ बजेका लागि संसदको चोथौं अधिवेशन बोलाईएको छ ।
वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुका साथै त्यसमाथि छलफल गरेर प्रस्तुत गरिन्छ संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्छ ।
त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । सचिवालयका अनुसार चौथौं अधिवेशनका लागि प्रतिनिधिसभामा कूल २७ विधेयक प्रस्तुत गरिनेछ ।





